Blogs

  1. Home
  2. Blogs
image description

चित्रकारिताबाट चर्चा कमाएका स्वीडेनका लेखक स्भेन नोक्र्विस्टको पेट्सन र फिन्डुस शृंखला निकै चर्चित छ।

कथालयले यही शृंखलाका दुई बालकथा संग्रह नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरेको छ। ‘फ्याउरोको शिकार’ र ‘बगैंचामा होहल्ला’ शीर्षकका दुई पुस्तक क्रमशः ‘द फक्स हन्ट’ र ‘अ रम्पस इन द गार्डेन’ बाट अनुवाद भएका हुन्।

पुस्तकमा बुढो पेट्सन र उनको बिरालो फुन्डुससँगै गुस्तभ्सन, कुखुरी र फ्याउरो मुख्य पात्र छन्।

एक दिन छिमेकी गुस्तभ्सन बन्दुक र कुकुरका साथमा फ्याउरो खोज्दै बुढो पेट्सनकहाँ आउँछन्। पेट्सनलाई फ्याउरोबाट आफ्ना कुखुरीहरु बचाउने सुझाव दिन्छन्। अनि फ्याउरोलाई भेटे गोली हान्दिने बताउँछन्।

तर बिरालो फिन्डुसले पेट्सनलाई फ्याउरोलाई गोली हान्न नहुने बरु उसलाई झुक्याउनु पर्ने तर्क गर्छ। बिरालो फिन्डुसको सुझाव पेट्सनलाई मन पर्छ।

त्यसपछि उनीहरु फ्याउरो झुक्याउने उपाय सोच्न थाल्छन्। नयाँ र रमाइला उपाय निकाल्छन्। फ्याउरोलाई तर्साउन निकै मेहनत गरेका उनीहरुको योजना कस्तो होला?

यही कथा नोक्र्विस्टले पाठकलाई हसाउने शैलीमा भनेका छन्।

अर्को पुस्तक ‘बगैंचामा होहल्ला’ कथामा पनि बुढो मानिस पेट्सन र बिरालो फिन्डुस मुख्य पात्र छन्। बगैंचामा पेट्सनले आलु र फिन्डुसले मिटबल रोप्दै छन् । यस कथामा यी दुईले आफ्नो बाली जोगाउन गर्नुपरेको मेहनत देखाइएको छ।

जतिसुकै नोक्सान भोग्नुपरे पनि दुवैजना मिलेर अनेक उपाय लगाएर अन्त्यसम्म उनीहरु आफ्नो काममा दत्तचित्त भई लागिपरेको देख्दा पाठकलाई पनि उर्जा मिल्छ । पाठक पेट्सन र बिरालो फिन्डुसको सफलतामा रमाउन थाल्छन्, जुन लेखकको सफलता हो।

चित्रसहितका यी रमाइला पुस्तकको कभर पेजमा र कथाभित्र गज्जबका चित्रहरु छन्। डिटेलिङसहितका चित्र नोक्र्विस्टका पुस्तकहरुको विशेषता नै हो।

जर्मनीमा पनि उत्तिकै लोकप्रिय छन्। उनका पुस्तकहरु अंग्रेजी, हिन्दी, नर्वेजियन, जर्मन, फिनिसलगायतका भाषाहरुमा अनुवाद भएका छन्। ‘व्हेर इज माइ सिस्टर’ उनको स्वीडेनको बालसाहित्यतर्फको प्रतिष्ठित पुरस्कार जितेको चर्चित पुस्तक हो।

Share: